राजनीति

राष्ट्रवादी नेता चित्रबहादुरको उपचार खर्च सरकारले व्यहोर्ने

चित्रबहादुर केसी

राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । निमोनिया पीडित केसीलाई कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ र उहाँको उपचारका लागि पार्टीले विज्ञप्ति जारी गरी पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई सहयोगको आव्हान गरेको थियो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका केसीको उपचारमा आर्थिक अभाव भएपछि बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको अर्थ मन्त्री विष्णु पौडेलले टीवट गर्दै जानकारी दिनुभएको छ ।

मन्त्री पौडेलले भन्नुभएको छ राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु ।

करिब एक महिनादेखि भैरहवामा रहनुभएका केसीलाई त्यही क्रममा रुघाखोकी तथा ज्वरो आउने समस्या देखिएपछि पिसिआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो । मंगलबार बुटवलबाट काठमाडौं आउनुभएका केसीलाई त्यही दिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.