क्रिकेटखेल

टी-२० विश्वकप चुम्ने पाकिस्तानकाे सपना चकनाचुर

समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै आइसीसी विश्व टी २० २०२१ को उपाधीमा दावेदारी प्रस्तुत गरेको पाकिस्तान अन्ततः सेमिफाइनलमा रोकिएको छ । बिहिबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा अस्ट्रेलियासंग ५ विकेटले पराजित भएपछि पाकिस्तानको विश्वकप चुम्ने सपना चकनाचुर भयो ।

समूह चरणमा मिश्रित प्रदर्शन गरेको अस्ट्रेलिया भन उपाधिको दावेदार मानिएको पाकिस्तानलाई हराउँदै उपाधिका लागि न्यूजिल्याण्डसँग खेल्ने पक्का गरेको हो ।

अबुधाबीमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम ओभर खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । ९६ रन बनाउँदा ५ विकेट गुमाएको अष्ट्रेलियालाई ४८ बलमा ८१ रन चाहिएको थियो ।

उत्कृष्ट पारी खेलेका म्याथु वेड र मार्कस स्टोइनिसले छैटौं विकेटका लागि अविजित ८१ रनको साझेदारी गरे । त्यसमा पनि निर्णायक १९औं ओभर रह्यो । शाहिन शाह अफ्रिदीले बलिङ गरेको त्यो ओभरको तेस्रो बलमा वेडले जीवनदान पाएका थिए ।

लगतै चौथो, पाँचौं र छैटौं बलमा लगातार तीन छक्का हान्दै उनले टिमलाई जित दिलाए । वेड ४१ र स्टोइनिस ४० बलमा अविजित रहे । डेभिड वार्नरले ४९ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका लागि मोहम्मद रिवाजले ६७ र फखार जमानले अविजित ५५ रन जोडेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.