राज्यका तीनवटै अंगले काम गर्न सकेन : नेम्वाङ
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले राज्यका तीनवटै अंग (सरकार, संसद् र न्यायपालिका)ले काम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

शनिबार सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको झापाको विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभयो ।
सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताउनुभयो । सबै कुराको दोष संविधानलाई दिन नहुने उहाँको धारणा थियो । उहाँले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पार्नुभयो ।
सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गर्नुभयो । सहकारी अभियानमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दैआएको छ ।
प्रतिक्रिया राख्नुहोस्