जापान

जापानी मन्त्रीद्वारा नेपालीहरुलाई सतर्क र सजग रहन नेपाली भाषामै आव्हान

जापानमा कुल कोरोना संक्रमितमध्ये ६० प्रतिशत विदेशी रहेको र त्यसमा ३० प्रतिशत त नेपाली नै भएको तथ्या बाहिरि आएपछि जापानकाा सरकारी निकायरुले नेपालीहरुलाई उच्च शतर्क र सजग रहन आव्हान गरिरहेका छन् ।

शुक्रबार टोकियो गभर्नरले तिहारको शुभकामना दिंदै कोरोनाबाट जोगिन तोकिएका सबै मापदण्ड पूरा गर्न आव्हान गर्नुभएको थियो भने शनिबार जापानका जापान सरकारका आर्थिक पुनरुत्थान मन्त्री निशिमुरा यासुतोशीले नेपाली भाषामै फेसबुकमा स्टाटस लेखी तिहारको शुभकामनासहित कोभिड १९ बाट बच्न शतर्क रहन सुझाव दिनुभएको छ ।

उहाँले लेख्नुएो छ “जापानमा रहनुभएका सबै नेपालीहरु, म तपाईँहरुलाई तिहारको शुभकामना दिन चाहन्छु । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि यस वर्षको तिहार सुरक्षितसाथ मनाउन हामी अनुरोध गर्दछौं र तपाईंहरुको सहयोगका निम्ति धन्यवाद दिन चाहन्छौं। तपाईँहरुलाई जापानमा रहँदा सुरक्षित महसुस हुन सकोस् भनी जापान सरकारले तपाईँहरुको जापानी छिमेकीसँग मिलेर कोभिड(१९ सँग लड्नका लागि आवश्यक कदम चालेको छ ।”

त्यस्तै राष्ट्रिय संक्रामक रोग संस्थान, संक्रामक रोग निगरानी तथा सूचना केन्द्रका विभागिय प्रमुख डा. तोमिमासा सुनागावाले संक्रमणबाट बच्न उच्च सतर्कता सहित आधारभुत मापदण्डको पालना गर्न नेपाली समुदायलाई अपिल गर्नुभएको छ ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.