जन सरोकारस्वास्थ्य

थप चारसय १६ जनामा कोरोना

देशभर पछिल्लो २४ घण्टामा थप ४१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ४०२ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १७ हजार ३३३ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार १३६ जना रहेको छ ।

आज २७० जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ५४४ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय ७४ हजार ४५२ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३११ रहेको छ । अहिले होम आइसोलेशनमा छ हजार ७७९, संस्थागत आइसोलेशनमा ५३२, आइसीयुमा २२५ र भेन्टिलेटरमा ६६ जनाले उपचार गराइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button