जन सरोकार

गमगढी बजारमा भीषण आगलागी १७ घर जलेर नष्ट

सोमबार राति मुगुको गमगढी बजारमा आगलागी हुँदा बजारमा रहेका घरहरु जलेका छन् । आगलागीबाट १७ घर र तीनवटा घुम्ती पसल जलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ

कार्यालयका प्रवक्ता एसपी माधव श्रेष्ठका अनुसार राति १२ः३० बजे आगो लाग्न सुरु भएको थियो । आगो सल्कदै गएपछि एउटा घर भत्काएपछि अहिले आगो नियन्त्रणमा आएको छ ।

उहाँले आगो फैलिन नदिनका लागि एउटा घर भत्काउनुपरेको जानकारी दिनुभयो । एउटा घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ ।

उहाँले आगलागी नियन्त्रण प्रहरी नेपाली सेना, स्थानीयको सहयोगमा लिएको बताउनुभयो । उहाँले आगलागीबाट कति क्षति भएको छ भनेर विवरण संकलन गर्न थालिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.