पारिजिता बाँस्तोला अर्को चरणमा प्रवेश
विजय थापा । नेपाली मूलकी पारिजिता बाँस्तोला अमेरिकाको चर्चित सांगीतिक रियालिटी सो द भ्वाइसको २२ औ संस्करणमा अर्को चरणमा प्रवेश गर्न सफल भएकी छिन ।

गत नोभेम्बर १४ का दिन भएको १६ जना प्रतियोगीहरुको प्रस्तुतिसंगै परिजिता शीर्ष १३ मा पुगेकी छिन । मेरिल्याण्ड निवासी १७ बर्षिय पारिजिता अब अर्को हप्ता हुने प्रतिस्पर्धामा १३ जना सहभागीसँग भिड्ने छिन । द भ्वाइस प्रतियोगितामा छनौट हुने उनी प्रथम नेपाली अमेरिकी हुन् ।
गत नोभेम्बर १४ सोमबारका दिन भएको प्रस्तुतिसँगै मतदान सुरु भएको थियो । अमेरिका, नेपाल लगायत बिश्वभरि छरिएर रहेका नेपाली समुदायले परिजितालाई समर्थन गर्दै मतदान गरेका थिए ।
द भ्वाइसका निर्णायक र प्रशिक्षकहरुको छनौट र रोजाईको कारण परिजिता शीर्ष १६ मा पुग्न सफल भए तापनि १३ औ स्थानमा पुग्न केवल जनताको मतदानबाट मात्र अर्को चरणमा पुग्ने हुनाले जनताको मतदानबाट परिजिता अर्को चरणमा पुग्न नेपाली समुदायको मत समेतको कारण शीर्ष १३ मा परेकी छिन ।
गत सोमबार परिजिताले भाबुक गीत छनौट गरी अद्वितीय प्रस्तुति गरेकी थिइन् । उन्ले ए स्टार इज बोर्नको लेडी गागाको “आई विल नेवर लभ अगेन” गीत प्रस्तुत गरेकी थिइन् । प्रस्तुति पश्चात चारैजना प्रशिक्षकहरूबाट उभिएर स्ट्यान्डिङ ओभेशन परिजितालाई दिएका थिए ।
परिजिताका प्रशिक्षक जोन लिजेन्डको टोलीमा रहेकी छिन । जोनले परिजिताको गीत प्रस्तुतिले सबैको हृदयमा तान्यो भनि प्रशंसा गरेका थिए । “तपाईले हामी सबैलाई जादू गर्नुभयो र यो शानदार थियो भनि जोनले उभिएर प्रशंसा गरेका थिए ।
गत सोमबारकै दिन मेरील्याण्डको सेभेर्ना पार्क शहरमा परिजिताको एनबिसीबाट प्रसारित प्रत्यक्ष प्रस्तुतिको अवलोकन सहित उनीलाई समर्थन जुटाउन टीम परिजिताको संयोजनमा एक चमेना गृहमा भेलाको आयोजना गरिएको थियो ।
परिजिता जिताउ अभियान अन्तर्गत मेरिल्याण्ड राज्यका केही सांसद ,सिनेटर र मेरिल्याण्ड राज्यकै सांसद डा ह्यारी भण्डारी तथा वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासका प्रतिनिधि आर्थिक सल्लाहकार होमकान्त भण्डारी सहितले एनबिसीबाट प्रत्यक्ष प्रसारित परिजिताको प्रस्तुति हेरेका थिए । साथै सबैलै परिजितालाई अग्रिम रुपमा बिजयीको शुभकामना सहित उनको बारेमा बोलेका थिए ।
परिजितालाई मतदान गर्ने तरीक़ाः
अमेरिका बाहिरबाट http://Nbc.com/voicevote मा गएर आफ्नो बिधुतिय डाक (ईमेल) प्रयोग गरी आफ्नो परिचय बनाएर (प्रोफाईल क्रियट) गरेर १० पटक सम्म मतदान गर्न सकिने छ भने अमेरिकाबाट App Store/ Play store मा ‘The Voice App’ डाउनलोड गरेर एउटा डिभाईसबाट १० पटक सम्म भोट गर्न सकिन्छ।
प्रतिक्रिया राख्नुहोस्