जापान

टोकियो सप्ताह भव्य रुपमा सम्पन्न

गैरआवासीय संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको मुख्य आयोजना र जापानस्थित विभिन्न नेपाली संघसस्थाहरुको सहकार्यमा आयोजित टोकियो सप्ताह २०२५ रुपमा सम्पन्न भएको छ ।

जापानमा एकीकृत नेपाली घरः बहु साँस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजना गरिएको सप्ताहमा अपेक्षाकृत आर्थिक संकलन भएको छ ।

उद्घाटन र समापनबाहकका छ दिनमा लगभग १० करोड येनको हाराहारीमा आर्थिक संकलन भएको छ । सप्ताह यही ८ नोभेम्बरदेखि १५ नोभेम्बरसम्म टोकियोमा संचालन भएको थियो ।

हरेक दिनको कथावाचन समापन भएपछि प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको विवरण अनुसार सप्ताहको दोस्रो दिन २ करोड ९४ लाख ७ हजार ८ सय ३० येन संकलन भएको थियो ।

यसै गरी तेस्रो दिन ५५ लाख, १९ हजार १ सय ७१ येन संकलनन भएको थियो भने चौथो दिन हिजो मंगलबार ७९ लाख ४९ हजार ८ सय ८८ येन संकलन भएको एनआरएनए जापानले जनाएको हो ।

पाँचौँ दिन संकलित कुल रकम जम्मा ४५ लाख ३९ हजार २ सय उनान्साठी येन संकलन भएको थियो भने छैटौँ दिन संकलित कुल रकम जम्मा ७५ लाख ६१ हजार ४ सय २५ येन रह्यो ।

सप्ताहको अन्तिम दिन अर्थात् १ करोड ५७ लाख ८७ हजार २९ येन संकलन भएर सप्ताह भव्य रुपमा समापन भएको छ । संकलित रकमको यथार्थ विवरण पत्रकार सम्मेलनमार्फत जानकारी दिइने एनआरएनएले जनाएको छ ।

सप्ताह सम्पन्न भएपछि गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आयोजना गरिएको “टोकियो सप्ताह २०२५” यही नोभेम्बर ८ देखि १५ गतेसम्म भव्यरूपमा सम्पन्न भएको जनाएको छ ।

एनआरएनएले यस महत्वपूर्ण सप्ताहलाई सफल बनाउन साथ, सहयोग, उपस्थिती, माया र आशीर्वाद बढाइदिनुहुने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Screenshot

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.