जन सरोकार

आमा, नारी सम्मान पुरस्कार स्थापना

आमा फ़ाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कारको स्थापना भएको छ । यो बागलुङको गलकोट क्षेत्रकै पहिलो पुरस्कार हो ।
जापानमा लामो समय बसेर नेपाल फर्कनासाथ दिवंगत हुनुभएकी अदम कुमारी खत्रीको ४५ औँ पुण्य तिथिमा अदम कुमारी मेमोरियल फाउण्डेशन स्थापना गर्दै सो पुरस्कार दिने घोषणा भएको हो ।

स्व. अदमकुमारीले गर्नुभएका समाजसेवाका कार्यहरुलाई स्मरणमा राखिरहन फाउण्डेशन मार्फत पुरस्कार स्थापना गरिएको स्व. खत्रीका ८६ वर्षीय श्रीमान मानबहादुर खत्री, एक छोरी र पाँच भाई छोराहरुले जानकारी गराउनु भयो ।

आमा फ़ाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कारको स्थापनाले गलकोट क्षेत्रका नारी हस्ताक्षरका निम्ति स्थापना गरिएको यो पहिलो पुरस्कार हो भन्ने जानकारी पाउँदा खुसी लागेको फाउन्डेशनका दुर्गाबहादुर खत्रीले जानकारी दिनुभयो ।

पुरस्कारको स्थापना गरिदिनुहुने आमा आमा फाउन्डेशनमा संरक्षक मानबहादुर खत्री छोरी देवी खत्री, छोराहरु देवबहादुर खत्री, तोपनारायण खत्री, कर्णबहादुर खत्री, ज्ञानबहादुर खत्री,र दुर्गाबहादुर खत्री बागलुङ गलकोट नगरपालिका ५ डानसेनडाडा निवासी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.