प्रधान न्यायाधीशलाई तीनदिनभित्र राजीनामा दिन बारको अल्टिमेटम
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तीन दिनभित्र (मंसिर ३ गते) राजीनामा दिन नेपाल बार एसोसिएशनले अल्टिमेटम दिएको छ । प्रधान न्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधबार सो चेतावनी दिनुभएको हो ।

बारको कार्यालय परिसरमा बोल्दै अध्यक्ष श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी दिंदै न्यायालय सुदृढिकरणका लागि प्रधानन्यायाधीश जबाराको राजीनामा अनिवार्य भएको समेत बताउनुभयो ।
त्यसै गरी वार्तामा आउन प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले वार्ताको नाममा आँखामा धुलो हाल्नका लागि विज्ञप्ति निकालेको समेत बताउनुभयो ।
यस्तै, अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेका विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्ने बताउँदै प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्