जापान
नागोयामा हुने घुम्ती शिविरको समय थप
नेपाली दूताबास टोकियोले नेपालीहरुका लागि विद्युतीय राहदानी तथा अन्य कन्सुलर सेवाका लागि नागोयामा संचालन गर्ने घुम्ती शिविरको समय बढाएको छ ।

दूताबासले एक विज्ञप्ति जारी गरी पूर्व तय भएको डिसेम्बर २, ३ र ४ तारिखभित्र आवेदन परेका सबैलाई सेवा दिन नसकिने भएकाले एक दिन थप गरिएको जानकारी दिइएको छ ।
दूताबासले विज्ञप्तिमा घुम्ती सेवाका अवधि एक दिन थप गरी प्रथम चरणको सेवामा मे ३१, २०२४ सम्म राहदानीको वहाव अवधि हुनेलाई सेवा उपलब्ध गराइने जानकारी दिइएको छ ।
त्यसै गरी जापानमा जन्मेको बच्चाकाृ पहिलोपटका राहदान बनाउने र हराएको वा च्यातिएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नमिल्ने भएमा आवेदकले प्रक्रिया पूरा गरी सेवा लिन सकिने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्