राजनीति

अदालतलाई युद्ध मैदान बनाइएको बारको आरोप, प्रधान न्यायाधीशलाई भोलिसम्मको अल्टिमेटम

आज सर्वोच्च अदालतमा धर्नामा बसेका कानुन व्यवसायीहरुमाथि प्रहरीबाट बल प्रयोग भएपछि नेपाल बार एसोसिएशन थप आक्रोशित बनेको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै धर्ना दिएको बारले आजको घटनापछि अदालतलाई युद्ध मैदान बनाइएको टिप्पणी गरेको छ ।

आज भएको बल प्रयोगपछि बारको आकस्मिक पत्रकार सम्मेलन गर्दै अदालतमा एसएलआरसहितको प्रहरी राखेर युद्धमैदान बनाएको आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले आज पहिलो पटक दंगा प्रहरीका साथ एसएलआर जस्तो युद्धको बेलामा प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्य गरेको बताउनुभयो ।

उहाँले अदालत परिसरलाई युद्ध मैदान बनाउन अनुमति दिने प्रधानन्यायाधीश र अदालत प्रशासनको यस्तो हर्कतले आफूहरुलाई स्तब्ध बनाएको बताउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने आफूहरुको पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै दंगा प्रहरी र एसएलआरसहित प्रहरी परिचालन गरेर युद्धमैदान बनाउन खोजिएको बताउनुभयो ।

यसबीच बारले प्रधान न्यायाधीश जबरालाई भोलि (शुक्रबार) ३ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिंदै शुक्रबार ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.