जल/वातावरण

शौचालय गएका संक्रमितको मृत्यु हुँदा दुई घण्टासम्म अस्पतालले पत्तो पाएन !

कार्तिक ३० गते भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको अस्पतालको शौचालयभित्र मृत्यु भएको खुलासा भएको छ । २९ गते भर्ना भएका तिलोत्तमा नगरपालिका नयाँमिलका ५८ वर्षका पुरुषको अस्पतालको शैयाबाट शौचालय गएका बेला अक्सिजन कमी भएर निधन भएको खुलेको हो ।

कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि चार दिनसम्म होम आइसोलेसनमा बसेका उनी श्वास प्रश्वासमा समस्या भएपछि २९ गते भिम अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । संक्रमितलाई भर्ना भएकै राति प्लाज्मा थेरापी र रेम्डिसिभिर समेत चलाइएको थियो । उनको कातिृक ३० गते शौच गर्न गएका बेला शौचालिय भित्रै अक्सिजन अभावमा मृत्यु भएको हो ।

उनलाई आईसीयूूमा सार्ने तयारी समेत भएको थियो । मृतकका आफन्तले मृत्यु भएको चार दिनपछि अस्पतालको लापरवाहीले विरामीको ज्यान गएको आरोप लगाएका छन् । अस्पतालका चिकित्सक डा. आरिस हुसेनले भने लापरवाही नभएको दावी गर्दै ढोका लगाएर शौच गर्दा अक्सिजनको मात्रा कम भएर विरामीको ज्यान गएको बताउनुभयो ।

उहाँका अनुसार अस्पतालको सहयोगीले शौचालय लैजान खोजे पनि विरामीले एक्लै जान्छु भन्नुभएको रहेछ । ‘शौचालयको ढोकाको चुक्कल नलगाई हावा छिर्ने ठाउँ थोरै राखेको भए ज्यान नजान सक्थ्यो ।

संक्रमित विरामीले बिहान ३ बजेसम्म परिवारका सदस्यसंंग फेसबुक म्यासेन्जरमा कुरा गर्दै आफ्नो स्वास्थ्य ठिकै रहेको बताएका तर बिहान ७ बजेतिर अस्पतालले बिरामीको मृत्यु भएको जानकारी गराएको मृतकका आफन्त अर्जुन पौडेलले बताए ।

मृतकका आफन्तले संक्रमित बिरामी शौचालयमा झण्डै दुई घण्टा समय बस्दा पनि अस्पतालले थाहा नपाउनु गम्भीर लापरवाही भएको आरोप लगाएका छन् । उनले यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने आफूहरुको माग रहेको बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.