जन सरोकार

जबरजस्ती करणी गरेको भिडियो बनाई व्ल्याकमेलिङ गर्ने पक्राउ

पक्राउ

पक्राउ

सिरहाका एक युवकलाई २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ गरिएको छ ।

समाचार अनुसार जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्ने २० वर्षीय अजय महरालाई पक्राउ गरिएको हो । जवर्जसती करणीमा संलग्न २३ वर्षीय जितन राम भने फरार रहेका छन् ।

प्रहरीका अनुार रामले जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र सो भिडियो देखाई व्ल्याकमेल गर्दै ती महिलालाई पटकपटक जबरजस्ती करणी गर्न खोजेपछि पक्राउ गरिएको हो । फरार रामको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

Back to top button