बालिका उपचारमा गल्कोट समाज जापानद्वारा आर्थिक सहयोग हस्तान्तरण

मानवीय सेवामा अग्रसर गल्कोट समाज जापानले संसारमै बिरलै लाग्ने रोग स्पाईनल मस्कुलर अट्रोफी बिरामी बालिका सियोना श्रेष्ठको उपचारका लागि गल्कोट समाज जापानले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
नवलपरासीको रामग्राम २ घर भएका डा. सन्दीप श्रेष्ठ र नर्स एलिना श्रेष्ठकी १० महिनाकी छोरी सियोना श्रेष्ठ संसारमा विरलको उपचारका लागि समाजले सात लाख त्रीसठ्ठी हजार, तीन सय सत्सठ्ठी नेपाली रुपैयाँ सहयोग स्वरुप हस्तानतरण गरेको महासचिव नवीन निउरेले जानकारी दिनुभयो ।
विश्वका अन्य देशमा समेत उपचार असम्भव जस्तै भएको यो रोगको उपचार अमेरिकामा मात्रै हुने र करीब २१ लाख अमेरिकी डलर खर्च लाग्ने परिवारको जानकारीसंगै सहयोग अभियान संचालन गरेको गल्कोट समाज जापान विपत तथा मानवीय सेवा बिभाग संयोजक रत्नसिंह बस्नेतले जानकारी दिनुभयो ।
समाजले संकलित रकम नेपाल हस्तान्तरण गरिसकेको र सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्