क्रिकेटखेल

आज विश्वकप क्रिकेट फाइनल : भारत विजेता बनोस् भन्दै प्रार्थना

आज अष्ट्रेलिया र भारतबीच आईसीसी विश्वकप क्रिकेट २०२३ को फाइनल खेल हुँदै छ । भारतमा क्रिकेटप्रेमीहरूले आफ्नो देशको जितको कमाना गर्दै प्रार्थना गरेका छन् ।

फाइनल १ लाख ३२ हजार क्षमता भएको विश्वको सबैभन्दा ठूलो क्रिकेट मैदान ‘नरेन्द्र मोदी रङ्गशाला’मा आयोजना हुँदैछ । प्रधानमन्त्री मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्लेसले खेलको अवलोकन गर्नुहुने गुजरात राज्य सरकारले जनाएको छ ।

क्रिकेटको विश्वव्यापी महत्त्वको खेल प्रदर्शनीको १० स्थानमा १० टोलीबीच ४६ दिनसम्म चलेको ४८ खेलसहितको म्याराथन प्रतियोगिता आइतबार ब्लकबस्टर फाइनलमा सम्पन्न हुनेछ ।

भारतको पश्चिमी गुजरात राज्यको अहमदाबादमा पाँच पटकको च्याम्पियन अष्ट्रेलिया विरुद्ध आइतबारको फाइनलमा पुग्ने क्रममा सबै १० खेल जित्दै भारत विश्वकपको उत्कृष्ट टोली बनेको छ।

क्रिकेट प्रेमीका साथसाथै उत्सवमा एयरफोर्स फ्लाईपास्ट, लाइट र लेजर शो, र इनिङ्स ब्रेकमा सयौं नर्तकहरूले बलिउड हिट गीतहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) जनाएको छ ।

क्रिकेटमा बलियो भए तापनि भारत सन् २०१३ च्याम्पियन्स ट्रफीपछि भने लामै समय अन्तरराष्ट्रिय उपाधिविहीन बनेको छ । करिब १४० करोड भारतीय जनता चरम क्रिकेटप्रेमी छन् जो अधैर्य छन् जसको तनमन क्रिकेटको पिचमा पुगेको छ ।

फ्यानहरूले भारतको जितको कामना गर्दै देशभर विशेष प्रार्थनाहरू आयोजना गरिरहेको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।

स्थानीय पसलहरूमा विराट कोहलीलगायत भारतीय क्रिकेट नायकहरूका पोस्टरहरू छ्पाप्याप्तिसँगै अहमदाबाद उत्साह र प्रत्याशाले गुन्जिएको छ ।

शहरका सडकहरूमा सुरक्षा बलको ठूलै तैनाथी गरिएको छ। होटलहरू पूर्ण रूपमा खचाखच भरिएका छन् सामान्य मूल्यभन्दा धेरै गुणा बढीमा होटलहरू बुक गरिएका समाचार सार्वजनिक भएका छन्।

सन् २०१४ मा प्रधानमन्त्री हुनु अघि गुजरातको राज्य सरकारको नेतृत्व गर्दा हिन्दु राष्ट्रवादी नेताको घरेलु परियोजनाहरू मध्येको यो एक रङ्गशाला परियोजना थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.