जन सरोकार

छठघाट बनाई पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु

सर्लाही, ईश्वरपुर नगरपालिका-७ पोखरीटोलस्थित पोखरीमा डुबेर सोही नगरपालिका-६ बस्ने २२ वर्षीय सन्तोष साहको आइतबार दिउँसो मृत्यु भएको छ ।

छठघाट बनाई पोखरीमा नुहाउने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि अमृत हेल्थ केयर प्रालि बयलबास पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.