जन सरोकारस्वास्थ्य

दैलेखको स्वास्थ्यचौकीलाई दुई थान अटोमेटिक अक्सिजन कन्स्ट्रेटर

दैलेखको भगवतीमाई गाउँपालिकास्थितवडाभैरव स्वास्थ्य चौकिलाई दुई थान अटोमेटिक अक्सिजन कन्स्ट्रेटर हस्तान्तरण गरिएको छ ।

दैलेखी नेत्रृ पूर्वमन्त्री कुन्ती कुमारी शाहीको पहलमा दैलेखका बिभिन्न क्षेत्रका लागि प्राप्त २० थान अटोमेटिक अक्सिजन कन्स्ट्रेटरमध्ये शुक्रबार स्थानीय बडा भैरब स्वास्थ्य चौकीमा एक कार्यक्रमकाबीच शिशिर शाही र प्रकाश शाहीले हस्तान्तरण गर्नुभएको छ ।

पूर्वमन्त्री शाहीले आफूले जिल्लाका लागि यस किसिमका सहयोगमा सधै कृयाशील हुने बताउँदै बाँकी स्वास्थ्य सामाग्री छिट्टै अन्य क्षेत्रमा बितरण हुने जानकारी दिनुभएको छ ।

स्वास्थ्य सामाग्री बुझेपछि स्थानीय स्वास्थ्य चौकीले राष्ट्रिय जनजाति उत्थान आयोगका पूर्व उपाध्यक्ष तथा राप्रपाका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको समन्वयबाट एनआरएनए आईसीसी सल्लाहकार त्रिलोक गुरुङको पहलमा हङकङ पूर्व सैनिक संघलाई २ थान अटोमेटिक अक्सिजन कन्स्ट्रेटर उपलब्ध गराएकोमा धन्यबाद समेत दिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.