राजनीति

चुनावमा एमालेलाई धुलो चटाउँछौं : अध्यक्ष नेपाल

गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले चुनावमा कांग्रेस एक्लै जाने बताइरहँदा गठबन्धनमा सामेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने र एमालेलाई धुलो चटाउने दावी गर्नुभएको छ ।

शुक्रबार चितवन जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज यहाँ बोल्दै उहाँले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बाउँदै सो दावी गर्नुभएको हो ।

उहाँले भन्नुभयो “नेकपा एमालेलाई धुलो चटाउने छौँ ।” जनताको हित र देशको हितका लागि एकीकृत समाजवादी पार्टी निर्माण गरिएको बताउँदै उहाँले उच्च मनोबलका साथ अघि वढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उहाँले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कर्तव्यनिष्ठ र समर्पित भएर पार्टीमा लाग्नुस्, जानताको साथ हामीमा हुने छ ।” यस पार्टीमा लागेर के पाइन्छ भन्ने नभई देश र जनतालाई केही गर्छु भन्ने भावना लिएर आउन उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरिक मामिला मन्त्री कृष्ण खनाल, पार्टीका प्रवक्ता जगन्नाथ खतिवडालगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button