जन सरोकार

थप दुईसय ४२ मा सङ्क्रमण, एकजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७८७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ । आज ४४४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस गरी पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ । अहिले मृत्युदर १.४ प्रतिशत छ ।

त्यसै गरी पछिल्लो समय एक लाख तीन हजार २०९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.