भारतमा सम्पन्न आईसीसी विश्वकप क्रिकेटको उपाधी अस्ट्रेलियाले उचालेको छ । फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले लिगचरणमा भएको हारको बदला मात्र लिएन भारतको अपराजित यात्रालाई पूर्णबिराम समेत लगायो ।

भारतले दिएको २४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ट्राविश हेडले सानदार शतकीय पारी खेलेपछि ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका हेडले मार्नश लाबुशेनसँग मिलेर पारी सम्हाल्दै विश्वकपको उपाधी सहज रुपमा दिलाएका हुन् ।
१ सय १९ बलको सामना गरेका हेडले १५ चौका र ४ छक्का प्रहार गरी १ सय ३७ रनको शतकीय पारी खेलेर आउट भए । त्यस्तै मार्नश लाबुशेनले ११० बलमा ४ चौक्काको मद्धतमा अविजित रहँदै ५८ रनको अर्धशतकीय पारी खेले । यी दुईले तेस्रो विकेटका लागि १९२ रनको साझेदारी गरे । त्यस्तै विजयी रन प्रहार गरेका ग्लेन म्याक्सवेल दुई रनमा अविजित रहे ।
भारतका लागि जसप्रित बुमराहले दुई र मोहम्मद शामी र मोहम्मद सिराजले एक-एक विकेट लिए । जितसंगै अस्ट्रेलियाले एकदिवसीय विश्वकप इतिहासमा कीर्तिमानी छैटौं उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७, २०१५ मा उपाधि जितेको थियो ।
त्यसअघि हैदराबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४० रन बनाएको थियो ।
उसका लागि विकेटकिपर केएल राहुलले एक सय सात बलमा एक चौकाको मद्धतमा ६६ र विराट कोहलीले ६३ बलमा चार चौकाको मद्धतमा ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै कप्तान रोहित शर्माले ४७, सूर्यकुमार यादवले १८, कुलदीप यादवले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन विकेट लिए भने जोस हेजलउड र प्याट कुमिन्सले दुई/दुई विकेट लिए । साथै ग्लेन म्याक्सवेल र अदाम जाम्पाले एक-एक विकेट लिए ।
प्रतिक्रिया राख्नुहोस्