अर्थ

मुलुकको समग्र अर्थतन्त्र सन्तुलित : अर्थसचिव मधुकुमार मरासिनी

केही समययता पुँजिगत खर्च हुन नसकेको र बैंकमा तरलता अभाव भएकाले अर्थतन्त्र खराब हुने आशङ्का र अड्कलबाजी भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनीले मुलुकको समग्र अर्थतन्त्र सन्तुलित अवस्थामा रहेको र हालको आर्थिक अवस्था स्थिर रहेको बताउनुभएको छ ।

अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निरन्तर नीतिगत सुधार गरिरहेकाले यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको उहाँको भनाइ थियो ।

नेपालमा विभिन्न चरणको आर्थिक सुधारमा नीतिगत सुधार, खुला अर्थतन्त्रको नीतिले गति लिए पनि विभिन्न खाले अवरोधका कारण अपेक्षित लाभ लिन नसकिएको सचिव मरासिनीको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन न्यून रहेको र कर्जा प्रबाह बढिरहेकाले बैंकहरूले तरलता अभाव आएको जनाएका छन् । नेपाल राष्ट्र बैंकले पनि बैंकिङ क्षेत्रलाई स्थिर र चलायमान बनाउन नीतिगत सुधारका काम अघि बढाएको छ ।

बैंकमा तरलता अभाव हुन नदिन र ब्याजदरमा एकरुपता कायम गर्न केही समयका लागि भए पनि राष्ट्र बैंकले नियमन गरेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button