जापान

नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा

अनेसास जापानको आयोजनामा जापानको नागोया सहरमा हुन लागेको नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

जापानका लागि नेपाली राजदूत महामहिम डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा पुस्तक विमोचन, खुला रचना वाचन, बहस तथा गजल मेहफिल जस्ता अलग अलग सेसनहरू राखेर कार्यक्रम सम्पन्न गरिने संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु प्रसाद घिमिरे ले जानकारी दिनुभएको छ।

कार्यक्रममा सुविन न्यौपानेको कविता संग्रह कमरेडको जनै र कथाकार म्यामराज राईको लघुकथा संग्रह हाम्रो बाटोको जापान विमोचन हुनेछ। त्यसैगरी जापानमा रहेर गजलमा कलम चलाइरहनुभएका आठ जना गजलकारहरूको (दिनेशराज ज्ञवाली, गिरिजा गैह्रे, सुमित गिरी, आनन्द अधिकारी, अमरदेव बास्तोला, मीनराज बास्तोला, गंगा गगन, विकास लम्साल) गजल वाचन कार्यक्रमको मुख्य आकर्षण रहेको छ।

जापानमै पहिलोपटक साहित्यिक बहस अन्तर्गत अनेसास केन्द्रीय कमिटिका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषाका अध्येता हारुहितो नोजू र महिला अभियन्ता सविता पन्थी वक्ता रहने गरी ‘प्रवासमा नेपाली भाषा तथा साहित्य’ विषयमा वहस हुनेछ।

कार्यक्रममा खुला कविता वाचन सेसन अन्तर्गत नागोया केन्द्रित सर्जकहरूका रचना वाचन हुनेछन् । कार्यक्रमका अलग अलग सेसनमा अलग अलग सहजकर्ताहरू रहने गरी संस्थाका महासचिव शरद पोख्रेल, सचिव अनिल कुमार निर्दोष र सर्जक श्याम शीतलले सहजीकरण गर्नुहुनेछ।

कार्यक्रम नोबेम्बर २६ तारिख दिउसो १२ः३० बाट आइची पिस मेमोरियल हल नागोयामा सम्पन्न भई बेलुका ५ बजे समापन हुनेछ।कार्यक्रममा सहभागी हुन टोकियो देखि नागोया सम्म पुग्नका लागि संस्थाले सशुल्क यातायातको प्रबन्ध गरेको छ। कार्यक्रममा सम्पूर्ण साहित्य प्रेमीहरूलाई निमन्त्रणा गर्दै कार्यक्रम सफल बनाउन संस्थाका अध्यक्ष रविन शर्माले अपिल गर्नुभएको छ।

नागोया साहित्य उत्सव
उद्घाटन समारोह –
१ देखि १ः४० बजेसम्म
(उद्घाटन, आसन ग्रहण,शुभकामना मन्तव्य)
सहजकर्ता – शरद पोख्रेल

पुस्तक विमोचन –
१ः४० देखि २ः१० बजेसम्म
(लेखकहरूको मात्र मन्तव्य)
म्यामराज राई-
हाम्रो बाटो – लघुकथा संग्रह
सुविन न्यौपाने –
कमरेडको जनै – कविता संग्रह
सहजकर्ता- श्याम शीतल

खुला रचना वाचन-
२ः१० देखि ०३ः०० बजेसम्म सहजकर्ता- श्याम शीतल

बहस –
०३ देखि ३ः३० बजेसम्म
‘मुगलानमा नेपाली भाषा र साहित्य’
प्रकाश पौडेल माइला
सविता पन्थी
हारुहितो नोजू
सहजकर्ता – शरद पोख्रेल

नागोया गजल मेहफिल –
३ः३० देखि ४ः३० बजेसम्म
दिनेश राज ज्ञवाली
गिरिजा गैह्रे
सुमित गिरी
आनन्द अधिकारी
अमरदेव वास्तोला
मीनराज वास्तोला
गंगा गगन
विकास लम्साल
सहजकर्ता- अनिल कुमार निर्दोष

पुरस्कार/ मायाको चिनो वितरण तथा समापन समारोह –
४ः३० देखि ५ बजेसम्म

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.