खेलफूटबल

रोनाल्डोको प्रष्टिकरण- म्यानचेस्टरसँगको विवादले विश्वकपमा कुनै प्रभाव पार्दैन

पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले सोमबार म्यानचेस्टर युनाइटेडसँगको आफ्नो विवादले विश्वकपमा पोर्चुगलको टोलीमा कुनै प्रतिकूल प्रभाव नपार्ने बताएका छन् ।

यस विश्वकपका प्रमुख चर्चित खेलाडी मध्येका रोनाल्डोले पोर्चुगलको क्याम्पमा आयोजित पत्रकार सम्मेलनमा भने- “मलाई कुनै शङ्का छैन कि यो भर्खरको दृश्य हो । त्यो अन्तर्वार्ता र अन्य खेलाडीहरूसँगको अन्य एपिसोडहरूले कहिलेकाहीँ खेलाडीलाई हल्लाउन, आंशिक प्रभाव पार्न सक्छ तर टोलीलाई हल्लाउँदैन।”

यसैबीच साउदी अरबले फिफा विश्वकपमा कतारलाई सहयोग गर्ने भएको छ । साउदी युवराजले कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न छिमेकी देशलाई सघाउने बताउनुभएको हो । आइतबारदेखि फिफा विश्वकप शुरु भएको छ।

साउदी अरबका युवराज एवम् प्रधानमन्त्री मोहम्मद बिन सलमान अलसाउदले आफ्नो सरकारले विश्वकपको समयमा कतारलाई सहयोग गर्ने जनाउँदै सम्बद्ध निकायलाई सहायता उपलव्ध गराउन आदेश दिनुभएको साउदी खेलकुद मन्त्रालयले जनाएको छ ।

एकमहिनासम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा युवराज अल साउदले कतारका प्रयासमा सघाउन, समर्थन गर्न एवम् थप कोषसमेत उपलव्ध गराउन सरकारी निकायहरूलाई निर्देशन दिनुभएको उक्त मन्त्रालयले एक वक्तव्य निकालेर बताएको छ ।

सन् २०१७ मा संयुक्त अबर इमिरेट्स, साउदी अरब, बहराइन र इजिप्टले आतङ्वादप्रति कतार नरम रहेको आरोप लगाउँदै दोहासँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । आफ्नो आर्थिक सफलताबाट ती छिमेकी देश असन्तुष्ट भएको भन्दै उक्त आरोप दोहाले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.