राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको अपत्यारिलो प्रदर्शन

राजनीतिमा असम्भव केही हुँदैन भन्ने कथनलाई स्वीकार्ने हो भने स्थानीय तहको निर्वाचनदेखि नेपालको राजनीतिमा त्यस्तै देखिंदै आएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनको धेरैले असम्भव ठानेको नतिजा राष्ट्रिय स्वतन्त्र पार्टीले दिइरहेको छ ।

८९ स्थानमा मतगणना हुँदा नेपाली कांग्रेस एक विजयसहित ३४, एमाले १८ स्थानमा अघि हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ स्थानमा अग्रता लिइरहेको छ । माओवादी केन्द्र ५, राष्ट्रिय प्रजातन्त्र पार्टी ५, एकीकृत समाजवादी ७, जनता समाजवादी पार्टी ३ र ८ स्थानमा स्वतन्त्रले अग्रता लिएका छन् ।

अचम्मको कुरा के छ भने संचारकर्मी रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका सबै क्षेत्रमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छन् ।

राजधानी काठमाडौंका १० मध्ये ४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिड गरिरहेको छ । काठमाडौं २ मा सोविता गौतम, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं ७ मा गणेश पराजुली र ललितपुर ३ मा तोसिमा कार्कीले अग्रता लिइरहनुभएको छ ।

त्यसै गरी काठमाडौं बाहिरका ४ निर्वाचन क्षेत्रमा पनि स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ । गरिरहेको छ, त्यहा पनि अरु दल होइन एमालेकै उम्मेदवारसँग उसको प्रतिस्पर्धा छ । झाप ४ मा शम्भुप्रसाद ढकाल पहिलो स्थानमा छन् भने उनीसँग एमालेका एलपी साँवाले प्रतिस्पर्धा गरिरहेका छन् ।

रुपन्देही–२ मा गणेश पौडेलले एमाले उपाध्यक्ष समेत रहेका विष्णु पौडेलसँग प्रतिस्पर्धा गरेका छन् । बाग्लुङ १ मा खिमाननद कँडेलले अग्रता लिइरहनुभएको छ भने उहाँलाई एमालेका सूर्य पाठकले पछ्याइरहनुभएको छ ।

त्यस्तै कास्की २ मा माधवप्रसाद कँडेल र एमाले उम्मेदवार विद्या भट्टराई क्रमशः पहिलो र दोस्रो स्थानमा तथा कास्की–३ मा योगराज पौडेल पहिलो स्थानमा छन् भने दामोदर पौडेल बैरागी दोस्रो स्थानमा छन् ।

पार्टीको प्रदर्शन आश्चर्यलाग्दो र सुखद भए पनि सभापति रवी लामिछाने भने चितवन क्षेत्र नं. २ मा पछि पर्नुभएको छ । चितवन क्षेत्र नं. २ मा एमालेको अग्रता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.