राजनीति
टिकटक प्रतिबन्धबारे सरकारसँग लिखित जवाफ माग
सर्वोच्च अदालतले टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णय गर्नुको कारणबारे सरकारसंग लिखित जवाफ माग गर्दै निर्णय कार्यान्वयनमा रोक लगाउन भने अस्वीकार गरेको छ ।
मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सोबिरुद्ध परेको रिटमा न्यायाधीश शर्माको इजलासले सरकारसँग लिखित जवाफ मात्र माग गरेको छ । मंसिर १९ गते पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।
सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले सर्वोच्च अदालतमा १० भन्दा बढी रिट परेको थियो ।
२७ कात्तिकमा मन्त्रिपरिषद बैठकले सामाजिक सद्भाव बिथोलेको र विकृति बढाएको भन्दै नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्