"पाण्डेबिरुद्धको नारावाजी अभद्र र निन्दनीय व्यवहार"
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र मडारिएको गुटबन्दीको असर जिल्ला जिल्लामा यसरी मौलाएको छ कि एक गुट वा पूर्व समूहका नेताबिरुद्ध नाराबाजी र अबरोध सिर्जनाको अवस्था निम्तिएको छ । यसै क्रममा चितवनमा पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी भएको कार्यक्रममा सुनियोजित नाराबाजी र अभद्र व्यवहार भयो ।
पार्टी एकता कायम राख्न शीर्ष नेताहरुबीच घनिभुत प्रयास भैरहेका बेला पूर्व एमाले नेता पाण्डेबिरुद्ध भएको दुव्र्यवहारले तल्लो तहका कार्यकर्तामा अझै पनि विगतको विरासत बाँकी रहेको र पार्टीमा विवादको चसरो अरु चुलिने देखेपछि नेकपाका दुई बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले सो घटनाका निन्दनीय भएको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुका नेताद्वयले शनिबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको विरोध गर्दै गृह जिल्ला चितवनमा रहनुभएका पार्टी स्थायी कमिटी सदस्य, पूर्वअर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क। सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको बताउनुभएको बरिष्ठ नेता खनालले भन्नुभएको छ ।
उहाँले भन्नुभएको छ कार्यक्रममा आफ्ना भनाइ राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दै खनालले कम्युनिष्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराउनुभमएको छ ।
त्यसै गरी वरिष्ठ नेता नेपालले पनि पाण्डेविरूद्धको नाराबाजी सुनियोजित भएको बताउँदै सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जोसुकै भए पनि छानबिन गरी कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउॅछु भन्नुएको छ ।
प्रतिक्रिया राख्नुहोस्