राजनीति

काठमाडौंका १० निर्वाचन क्षेत्रमा अधिवेशन सुरु, समूहगत प्रतिस्पर्धा

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज काठमाडौँका १० निर्वाचन क्षेत्रमा क्षेत्रीय अविधेशन भैरहेको छ । क्षेत्रीय नेतृत्वका लागि आकांक्षीहरु आआफ्नो समूह बनाएर निर्वाचनमा होमिएका छन् ।

काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अधिकृत खटाइसकिएको जानकारी दिनुभयो ।

यसअघि काठमाडौँमा शुक्रबार र शनिबार १० निर्वाचन क्षेत्रको २० प्रदेशसभामा निर्वाचन सम्पन्न भएको थियो । कांग्रेसले यसअघि काठमाडौँका १३८ वडा र ११ स्थानीय तहमा अधिवेशन सम्पन्न गरिसकेको छ ।

कांग्रेसले आगामी मङ्सिर १० गते जिल्ला अधिवेशन, मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन र मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.