अर्थ

एक महिनामा ४३ अर्बले घट्यो निक्षेप

सरकारले मुलुकका आर्थिक अवस्था सुधारोन्मुख रहेको र आर्थिक वृद्धि ७ प्रतिशत रहने दावी गरिरहेका बेला वाणिज्य बैंकहरुको निक्षेपमा कमी आउने क्रम भने जारी छ ।

पूँजीगत खर्च नहुनु, विप्रेषण आप्रवाहमा कमी लगायत कारणले तरलता अभाव भैरहेका बेला सरकारले अर्थतन्त्र स्थिर रहेको बताएकै बेला एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप रु ४३ अर्बले घटेको पाइएको छ ।

नेपाल बैङ्कर्स सङ्घका अनुसार गत असोजमा कूल रु ४२ खर्ब ३९ अर्ब निक्षेप सङ्कलन गरेका वाणिज्य बैंकहरुमा मङ्सिरको पहिलो सातासम्म रु ४२ खर्ब २६ अर्ब कायम भएको छ ।

वाणिज्य बैंकको कर्जा भने रु ४३ अर्बले बढेको छ । गत असोज मसान्तसम्मको कूल रु ३९ खर्ब ९८ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको मङ्सिर पहिलो सातासम्म कूल रु ४० खर्ब ४१ अर्ब पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.