जन सरोकार

संक्रमितको सख्या एक लाख बढी- लकडाउन गर्न उपत्यकाका मेयरहरुको सिफारिश

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दो छ भने उपत्यकाका तीन जिल्लामा एक लाखभन्दा बढी संक्रमित छन् र त्यसमध्ये राजधानी काठमाडौंमा मात्रै त्७२ हजारभन्दा बढी छन् । त्यसै गरी उपत्यकामा मात्रै ५ सय जनाको हाराहारीमा मृत्यु भैसकेको छ ।

यस्तो स्थितिमा कमी ल्याउन काठमाडौं उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरम र तीनवटै जिल्ला प्रशासनले राजधानीमा बढीमा तीन साता कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र मेयर्स फोरमले कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउन कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न सरकारलाई सुझाव दिएको हो ।

फोरमले कोभिड–१९ महामारीको दोस्रो चरण देखिएपछि युरोपका धेरैजसो मुलुकमा पुनः लकडाउन शुरु भएकोले काठमाडौं उपत्यकामा पनि शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गरी महामारी नियन्त्रणको लागि कम्तिमा दुई र बढीमा तीन साताको लकडाउन आवश्यक रहेको बताएको छ ।

फोरमले सरकारलाई आफ्नो प्रस्ताव बुझाए पनि यस सम्बन्धमा अन्तिम निर्णय भने सरकारले नै गर्नुपर्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.