राजनीति

कांग्रेस प्रतिपक्षकै भूमिकामा बस्छ, सत्ता साझेदारीका विषयमा छलफल भएको छैन

प्रकाशमान सिंह

प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताउनुभएको छ । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दैै उहाँले जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताउनुभएको हो ।

“प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, काँग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ”, उहाँले भन्नुभयो । नेकपाभित्रको झगडामा काँग्रेसको कुनै सरोकार नरहने उहाँको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाउनुभयो ।

यसनेै गरी सोही पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सभापति शेरबहादुर देउवाबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको स्पष्ट गर्नुभएको छ । नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले काँग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा उहाँले कोरोना सङ्क्रमण बढ्दै गर्दा सरकारले स्वास्थ्य सेवा प्रवाहमा खासै चासो नदिएको र पिसिआर परीक्षणको दायरा घटाउने कार्य गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.