राजनीति

नयाँ शक्तिका रुपमा उदायो राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौंका तीन क्षेत्रमा विजयी

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिका रुपमा उदाएको छ । सो पार्टी काठमाडौंका तीन क्षेत्रमा विजयी भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं क्षेत्र नम्बर ८ बाट विजयको झण्डा फहराएको हो । सो पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १ सय ५ मतले विजयी हुनुभयो ।

विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सदस्य हुनुहुन्थ्यो । सो क्षेत्रमा मन्त्री समेत रहनुभएका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएर तेस्रो हुनुभयो । उहाँका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन्।

यसै गरी काठमाडौँ २ २७ वर्षीया सोविता गौतम विजयी हुनुभएको छ । गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी)का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ ।

त्यस्तै काठमाडौं ७ मा गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवकुमार घिमिरेले ६ हजार ८०० र माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह)ले ६ हजार ६३ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.