खेलजापानविविध

नेपाल भलिबल संघ जापानको अध्यक्षमा बुद्ध बस्नेत

नेपाल भलिबल संघ जापान शाखाको दोश्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

जापान टोकियोस्थित शिनओकुवामा मंगलबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि बस्नेतलाई निर्वाचित गरेको हो । अध्यक्ष बस्नेतसंगै सम्पूर्ण कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन समितीका संयोजक नविन गुरुङले जानकारी दिनुभएको छ ।

अधिवेशनबाट तीन उपाध्यक्ष पदमा प्रथम भिक्टर ठाडा मगर, दिपेश खत्री र बसन्त थापा निर्वाचित भएका छन् भने महासचिवमा प्रकाश चन्द्र जोशीसी, सहसचिवमा रविन सुवेदी, कोषाध्यक्षमा कमल खड्का र सहकोषाध्यक्षमा केशव सुवेदी निर्वाचित हुनुभएको छ ।

निर्वाचन समितिका संयोजक एवं गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले नव निर्वाचित अध्यक्ष बस्नेत सहित सम्पूर्ण कार्यसमितिलाई कार्यकाल सफलताको लागि बधाई दिनुभएको छ ।

सम्पन्न अधिवेशनसंगै आफ्नो कार्यकाल सफल गराउन भूमिका खेल्ने निवर्तमान अध्यक्ष रत्नसिंह बस्नेत र कार्यसमितिलाई समेत जापान शाखाका पूर्व अध्यक्ष रहेका गुरुङले धन्यवाद दिनुभएको छ । उक्त निर्बाचन समितिको संयोजकमा नबिन गुरुङ र सदस्यमा लक्ष्मण कार्की र महेन्द्र साहनी रहेका थिए ।

दोश्रो अधिवेशनको घोषणासभामा प्रमुख अतिथिमा एनआरएनए जापानका उपाध्यक्ष राम थापा’अनिल’ रहनु भएको थियो भने विशिष्ट अतिथिमा गलकोट समाज जापानकी अध्यक्ष कालिका थापा, अतिथिहरुमा पूर्व राष्ट्रिय खेलाडी श्री गुरुङ, एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मी, गायक रामकृष्ण बम मल्ल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.