राजनीति

अहिलेको निर्वाचनले निश्चित सन्देश दिएको छ : नारायणकाजी

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकोा हालसम्मको मतपरिणाममा सत्ता गठबन्धनले अपेक्षा गरेभन्दा अलग नतिजा आएको छ ।

नतिजा आफूहरुले आँकलन र दावी गरे अनुसारको नआएपछि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन परिणामले निश्चित सन्देश दिएको टिप्पणी गर्नुभएको छ ।

बुधबार सामाजिक सञ्जालबाट निर्वाचन परिणामबारे टिप्पणी गर्दै श्रेष्ठले निर्वाचनको समग्र विश्लेषण र संश्लेषण गर्नैपर्ने र यसबारे पार्टीमा बहस र छलफल हुनुपर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ- “निर्वाचन परिणाम आइरहेका छन् । यसले निश्चित सन्देशहरु दिएको छ । यसबारेमा समग्र विश्लेषण, संश्लेषण गर्नैपर्छ । त्यसका लागि धेरै घोत्लिनुपर्ने स्थिति पनि छैन- निष्कर्ष सहज बोधगम्य नै छ ।”

श्रेष्ठले सबै आँधिबेरीहरु तपाईको जीवन ध्वंश गर्न मात्र आउँदैनन्, कुनै तपाईको बाटो सफा गर्न पनि आउँछन् भन्ने बुद्ध बुद्ध शिक्षाको महत्वपूर्ण अंशलाई मनन गर्न आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.