जन सरोकार

आजबाट कक्षा १२ को परीक्षा : देशभर चार लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागि

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि स्थगित भएको कक्षा १२ को परीक्षा मंगलबारबाट देशभर शुरु भएको छ । परीक्षामा देशभरका चार हजार १ सय ५ विद्यालयका चार लाख ३३ हजार परीक्षार्थी सहभागी हुने छन् ।

राष्ट्रिय परीक्षा बोर्डले लिन लागेको परीक्षामा कुल परीक्षार्थी मध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीले निर्धारीत परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् ।

सबै परीक्षा केन्द्रहरुमा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षाहरु सञ्चालन भई रहेको छ ।

सम्बन्धित खबर

Back to top button