खेल
बास्केटबल सङ्घका पूर्व अध्यक्ष तथा कलाकार शेर्पाका निधन
नेपाल टेलिभिजनबाट प्रसारण भएको हिजोआजका कुरा लगायत विभिन्न टेलिचलचित्र अभिनेता तथा नेपाल बास्केटबल सङ्घका पूर्व अध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेपंका पूर्व उपाध्यक्षसमेत रहनुभएका ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो ।
उहाँ पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराउनुभएको थियो ।
त्यहाँ उल्लेनीय सुधार नभएपछि स्वदेश फर्कनुभएको थियो । उहाँ नेपाल ओलम्पिक कमिटी (एनओसी)का पूर्व महासचिवसमेत हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्