जन सरोकार

आगलागीमा परी तीन बालबालिकाको मृत्यु, तीन घाइते

रौतहटको गौर नगरपालिकामा बुधबार राति भएको आगलागीमा परी एकै परिवारका तनि बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार राति गौर नपा १ मेनरोडस्थित इस्लाम अन्सारीको सिरक डसना पसलमा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको हो ।

अन्सारीको पसलसँगै घरमा अचानक आगलागी हुँदा घरमा सुतिरहेको अवस्थामा ९ वर्षीया छोरी रोक्साना खातुन, ७ वर्षीय छोरा ईमरान मन्सुरी र ५ वर्षीया छोरी सबाना खातुनको मृत्यु भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताउनुभयो ।

आगलागीमा परेर रसुल मियाको २४ वर्षीया छोरी नसिम खातुन, २५ वर्षीय मोहम्मद इसराइल र ८ वर्षीय मोहम्मद ईमरान घाइते भएको तथा उनीहरुको प्रादेशिक अस्पताल गौरमा उपचार भइइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट घर टहरा, पसलका सिरक, डसना, कपडालता गरी २० लाखको क्षति भएको तथा जाकिर आलमको मोटरसाइकल ग्यारेजमा २० वटा मोटरसाइकल जलेर लगभग ४० लाखको क्षति भएको पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.