कला/मनोरन्जनकलिउड

बहुचर्चित चलचित्र प्रेमगीत ३ फागुन १३ बाट प्रदर्शन हुने

हिन्दी भाषामा समेत डब गरेर भारतीय बजारमा प्रभाव जमाउने जमर्को गरिरहेको बहुचर्चित चलचित्र प्रेमगीत ३ ले आफ्नो प्रदर्शन मिति तोकेको छ । चलचित्र फागुन १३ गते प्रदर्शनमा आउने पक्का भएको छ ।

कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र प्रायः ठप्प भएको समयमा चलचित्र ‘प्रेम गीत ३’ भने मुम्बईमा धमाधम गरिरहेको थियो । हिन्दीमा डबिङ्ग संगै सम्पादनको सम्पूर्ण सम्पूर्ण काम सकिएको छ ।

चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले अभिनेता प्रदिप खड्का र कार्यकारी निर्माता चक्रबहादुर चन्द यतिखेर मुम्बईमा बसेर आफ्नो रिलिज प्रकृयालाई समेत तिब्रता दिइरहेका छन् । प्रेमगीत ३ चलचित्रलाई बलिउडका चर्चित सम्पादक सञ्जय शाक्लाले सम्पादन गरेका हुन ।

स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ ।

डेढसय वर्षअघिको सत्य घटनामा आधारित चलचित्र प्रेमगीत ३ बाट क्रिस्टिना गुरुङले भने नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।

छेतन गुरुङ र मन्दिप गौतमको कथा र पटकथा रहेको चलचित्रको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान तथा सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन ।

चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन ।

दर्शकमाझ निकै प्रतिक्षा रहेको चलचित्र प्रेमगीत ३ ले नेपाली चलचित्र क्षेत्रलाई एउटा नयाँ ऊँचाईमा पुर्याउने बिश्वास लिइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.