आम निर्वाचन २०७९

गुल्मी क्षेत्र नम्बर १ बाट चन्द्र भण्डारी विजयी

गुल्मी क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका डाक्टर चन्द्र भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभएको हो ।

सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता डा. ३३ हजार ७ सय ४४ मत ल्याउँदा ज्ञवालीले ३२ हजार १ सय ५२ मत ल्याउनुभयो । भण्डारीले १ हजार ५९२ मतान्तरले पराजित गर्नुभएको छ ।

आफू पराजय भएपछि ज्ञवालीले भण्डारीलाई बधाई दिंदै आफूहरुको चुनावी प्रतिस्पर्धा दुई दुईको बराबरी भएको भन्दै ठट्यौलो प्रतिक्रिया दिनुभएको छ ।

त्यस्तै उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जालमार्फत् ज्ञवालीले अथक प्रयासका बाबजुद अभियान सफल हुन नसकेको र आम कार्यकर्ताको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा माग्दै हारको जिम्मेवारी आफैं लिने बताउनुभएको छ ।

सो क्षेत्रमा २०६४ सालदेखि नै यी दुई नेता बीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भण्डारी र ज्ञवाली बीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिखेर भण्डारी ज्ञवालीसँग पराजित हुनुभएको थियो ।

०७० सालमा सम्पन्न दोश्रो संविधानसभा निर्वाचनमा पनि ज्ञवाली भण्डारीसँग नै पराजित हुनुभएको थियो भने २०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.