भारतको नदीजोड योजना कोशीको पानी मेचीमा ! नेपाल डुबानमा भारत हराभरा
यादब देवकोटा
जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालको पानीमा भारतको गिद्देनजर शदियौंदेखि पदैआएको हो । भारतमा ब्रिटिस राजदेखि नै नेपालका नदीहरुमा अधिकार जमाएर पानी उपभोग गरिरहेको छ भने प्रजातन्त्रकालपछि कोशी, गण्डक, महाकाली जस्ता सम्झौताबाट नेपाल ठगिएको छ । अब त भारतले नेपालको भूधरातल नै खलबल पार्ने गरी विशाल र दीर्घकालीन नदीजोड योजना अघि सारेको छ । यो योजनाको सुरुवातमा भारतले कोशी नदीको पानी मेची नदीमा पुर्याएर आफ्नो भूमि सिँचाइ गर्ने परियोजना अघि सारेको छ । लामो समयदेखि चर्चामा रहेको सो परियोजना ‘कोशी–मेची रिभर इन्टरलिनिङ’ प्राजेक्ट वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालेर सुख्खा खेतमा सिँचाइको लागि उपयोग गरिनेछ ।
नेपालसँग छलफल नै नगरी भारतको ‘इन्भेष्टमेन्ट क्लियरेन्स कमिटी’ को १४ औं बैठकले यो नदी जोड (रिभर लिंकिङ) परियोजना अन्तरगत बाँध बनाउँदा बढ्ने जलसतहको निकासका लागि पनि आवश्यक योजना बनाउने निर्णय गरेको छ । यसरी बाँधको विस्तार र नहरमा प्रवाह हुने पानीबारे नेपाललाई जानकारी गराइएको पनि बैठकको निर्णयमा उल्लेख छ । भारतले यो परियोजनाबारे ‘कोशी गण्डक संयुक्त समिति’मा छलफल गरेको भारतको जलशक्ति मन्त्रालयले तल्ला निकायलाई लेखेको पत्रमा उल्लेख छ । सिंचाई विभागका महानिर्देशक मधुकर राजभण्डारी यसबारे सो कमिटीमा कुनै पनि छलफल नभएको बताउनुहुन्छ ।
लामो समयदेखि चर्चामा रहेको सो परियोजना ‘कोशी–मेची रिभर इन्टरलिनिङ’ प्राजेक्ट वर्षायाममा कोशीमा जम्मा गरेको पानी हिउँदमा भारतमा पर्ने मेची नदीमा खसालिनेछ र भारतका सुख्खा खेतमा सिँचाइको लागि उपयोग गरिनेछ । कोशी बाँधको क्षमता बढाएर ५७३ क्यूसेक बनाइने छ र कोशीको त्यो पानीलाई ७६ किलोमिटर लामो नहर बनाएर मेचीमा खसाल्ने भारतको योजना छ । परियोजनामा ४९ अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान छ । अब यो रकम खर्चिन भारत सरकार तयार भएको छ । यो परियोजनाबाट भारतको अररिया, पूर्णिया, किसनगञ्ज, कटिहार लगायतका जिल्लामा सिँचाइ सुविधा पुग्ने भनिएको छ ।
यसका लागि सप्तकोशी नदीमा रहेको बाँधको क्षमता बढाएर ५७३ क्यूसेक बनाइने छ र कोशीको त्यो पानीलाई ७६ किलोमिटर लामो नहर बनाएर मेचीमा खसाल्ने भारतको योजना छ । परियोजनामा ४९ अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान छ । अब यो रकम खर्चिन भारत सरकार तयार भएको छ । यो परियोजनाबाट भारतको अररिया, पूर्णिया, किसनगञ्ज, कटिहार लगायतका जिल्लामा सिँचाइ सुविधा पुग्ने भनिएको छ ।
नदीजोड योजनाको सुरुवात
भारतले आफ्नो सुख्खाग्रस्त क्षेत्रमा पानी आपूर्तिका लागि सुरु गर्ने तयारीमा रहेको वृहद् नदीजोड योजनाको शुभारम्भ नेपालको नदीहरुबाट गर्ने लगभग तय गर्दै कोशीको पानी मेचीमा खसाल्ने योजना बनाएको हो । भारतमै नदीजोड योजनाको तीब्र बिरोध भैरहेका बेला नेपालमा उत्पन्न राजनीतिक अस्थिरताको फाइदा उठाउँदै भारतले कोशी–मेची योजनाका लागि बजेट स्वीकृत गरेको हो । यो योजनामा नेपाल सहमत भए नेपालको पूर्वी पहाडी जिल्लाहरुमा सुनामीको लहर उठ्ने चेतावनी दशकौं अघि नै विज्ञहरुले दिइसकेका छन् ।
भारतले कोशी नदीको पानी मेची नदीमा लैजाने योजना अनुसार नै कोशी उच्च बाँधको योजना अघि सारेको हो । कोसी उच्च बाँध बनेमा सुनसरी, धनकुटा, तेह्रथुम, ओखलढुंगा, उदयपुर, सिराहा, सप्तरी लगायतका जिल्लाहरु नराम्ररी प्रभावित हुने यो परियोजनाबाट कुल ३४ सय मेघावाट विद्युत उत्पादन हुने र नेपालको साँढे पाँच लाख हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध हुने बताइए पनि त्यो सिंचाई सुविधा उपलब्ध हुने जमिन नै डुबानमा परेपछि त्यसको कुनै औचित्य नरहने जलस्रोत तथा वातावरणविद्हरु बताउँछन् । नेपाललाई लाभको प्रलोभनमा पारेर नदी हत्याउने भारतीय रणनीति कायमै छ ।
भारत नेपालको जलस्रोतमा एकलौटी अधिकार चाहन्छ र यसका लागि राजनीतिक रणनीति प्रशस्तै चाल्ने गरेको छ । हरेक राजनीतिक परिवर्तनदेखि लिएर सत्ता परिवर्तनसम्म भारतको गहिरो रुचीले नेपालको जलनीति प्रभावित बनिरहेको छ । विभिन्न सन्धि सम्झौता गर्ने र काम नगरी ओगटेर बस्ने भारतको नीति नेपालको जलविद्युत नभई पानी मात्र भएको विश्लेषकहरु बताउँछन् ।
नेपालको पानीमाथि नेपालीकै अधिकार हुनुपर्ने र यसको उपभोगको पहिलो हकदार पनि नेपाली जनता नै हुनुपर्ने वास्तविकतालाई बुझेर पनि विभिन्न योजना र परियोजनाका नाममा सम्झौता गराएर पानी ओगट्ने भारतको चालबाजीप्रति बेलैमा सचेत हुन सकिएन भने भोलि जलस्रोतका धनी जनताले काकाकुलको जीवन विताउनुपर्ने अवस्था नआउला भन्ने छैन । कोशीको पानी मेचीमा लैजाने भारतको रणनीतिलाई नेपालले स्वीकृति दियो भने नेपालले आफ्नो ठूलो सम्पदामाथिको अधिकार गुमाउने मात्र छैन तयसबाट हुने अनगिन्ती क्षतिको पूर्ति समेत पाउने छैन ।
कोशी बाँधका कारण पीडितहरुले अहिलेसम्म क्षतिपूर्ति पाउन नसकेको अवस्थामा अब कोशीको पानी मेचीमा लैजाने गरी उच्च बाँध बनाउने भारतको तयारीप्रति नेपाल सरकारले कुनै जानकारी नपाउनु भने विडम्बनाकै विषय छ ।
भारतको सुख्खा क्षेत्रमा पानी पुर्याउने दीर्घकालीन योजनाका साथ सुरु गर्ने भनिएको नदीजोड योजनाको सुरुवात हो कोशीको पानी मेचीमा पुर्याउने । हिमालबाट बग्ने नेपालका प्रमुख नदीहरु मेची, कोशी, गण्डकी, महाकाली र कर्णाली (घाँघरा) नदीको पानीलाई नहरमार्फत जोड्ने भारतको दीर्घकालीन योजना अन्तर्गत मुख्य गरी कोशी, गण्डकी, महाकाली र कर्णाली (घाँघरा) नदीको प्रारम्भिक जल सन्तुलन अध्ययन समाप्त गरी यी नदीको अधिकतम उपयोग गर्न सकिने भारती विज्ञहरुले दशकौंअघि नै सुझाव दिएका थिए ।
एक अध्ययन अनुसार भारतको प्रस्तावित नदीजोड योजनामा परेका नेपालका प्रमुख ५ नदीहरुमा बाँधिने बाँधका कारण नेपालको ६४८ वर्गकिलोमिटर डुबानमा पर्नेछ । यसबाट ४१२ गाउँ पूरै डुबानमा पर्नेछन् भने १३८ गाउँ आंशिकरुपमा र २८१ केही मात्रामा गरेर १ लाख ७६ हजार नेपाली विस्थापित हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्