राजनीति

परिवर्तन गर्यौ भन्नेले विगारेको पनि हामीले नै हो भन्ने हिम्मत गरौं

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्षा चित्रबहादुर केसीले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका उपलब्धि हामीले ल्यायौं भन्ने दलहरुले अहिलेको बेथिति पनि हाम्रै कारणले भएको हो भनेर भन्न सक्नुपर्ने बताउनुभएको छ ।

आज नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना दिंदै उहाँले पार्टीहरु जुट्ने, फुट्ने क्रम चलिरहने तर देश विकासका सवालमा एक हुनुपर्ने सुझाव दिंदै अहिलेको वास्तविकता बुझ्न नेताहरुलाई आव्हान गर्नुभया ।

अध्यक्ष केसीले नेपालमा राजनीतिक दलहरुको एकताले नै राजतन्त्रको अन्त्य भयो, नेताहरुले यसको जस लिनुहुन्छ तर अहिले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त रहनुको कारण पनि हामीहरु नै हौं भन्न सक्नुपर्छ ।

यसै गरी महाधिवेशनलाई शुभकामना दिंदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनआन्दोलन र मधेस विद्रोहका उपलब्धिलाई जीवन्त बनाउने समय खेर गइरहेकोप्रति ध्यान दिनुपर्ने बताउनुभया ,

अध्यक्ष यादवले नेपालको जनआन्दोनल र मधेश जनविद्रोहका उपलब्धिलाई जालझेल, षड्यन्त्र, छलछामको अँध्यारोबाट निकालेर जनताको बीचमा लगी जीवन्त लुल्याउने समय खेर गइरहेको बताउँदै संघीय लोकतन्त्रात्मक व्यवस्थालाई संस्थागत रूपमा सुदृढ तुल्याउन यथेस्ट समय दिन सकोस् भन्दै एमालेलाई शुभकामना दिनुभयो ।

यादवले थपे, ुलोकतन्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउने, राजनीतिलाई राजनीतिक संस्कारबाट र शासन पद्धतिलाई जनहितमा एकलब्य हुने संस्कृतिबाट निर्देशित सञ्चालित गर्नुपर्ने राष्ट्रिय एजेन्डा बनाउन अझै सकिएको छैन ।ु

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.