राजनीति

जनताका सवालमा एक भएर अघि बढौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूबीच अनेक विमति र फरक विचारहरु रहे पनि देश र जनताको सवालमा एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

आज चितवनको नारायणी नदी किनारमा नेकपा एमालेको दशौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दलहरुमा रहेका नीतिगत विमतीलाई संविधानले तय गरेका विधिमार्फत टुंगो लगाउनुपर्ने र सबै राजनीतिक दलहरू संवाद गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले सरकार र कांग्रेस त्यसमा प्रतिबद्ध रहेको बताउँदै भन्नुभयो हामीबीच नीतिगत विषयमा रहेका विषयका विमतिहरूलाई संविधानले निर्धारण गरेका विधिमार्फत टुंगो लगाउने र त्यसलाई हामीले स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ ।ु

सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले जिम्मेवार राजनीतिक दलको रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न एमालेलाई आग्रह गर्दै संविधान संस्थागत गर्ने जिम्मेवारी सबै राजनीतिक दलहरूको भएको बताउँदै नयाँ संविधानमार्फत लोकतन्त्रिक मूल्य र मान्यतालाई संस्थागत गर्नु सबै दलको जिम्मवारी रहेको बताउनुभयो ।

जनताले विगतमा जस्तो दुःख भोग्न नपरोस् भनेर सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले फरक(फरक विचारका व्यक्तिहरू भएकाले नै विभिन्न राजनीतिक दल भएको तर लोकतान्त्रिक मूल्य र जीवन्ततालाई, व्यक्तिगत स्वतन्त्रताको रक्षा, राष्ट्रिय स्वाधीनता तथा अखण्डतालाई जोगाउनका लागि सबै राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button