काँग्रेसले नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको छ : देउवा
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा सदैव भारतको नैतिक समर्थन रहँदै आएको बताउनुभएको छ । बिहिबार देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गर्नभएको शिष्टाचार भेटवार्तामा उहाँले सो कुरा बताउनुभएको हो ।
भेटमा सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोेड दिनुभएको सभापति देउवा प्रधानमन्त्री हुँदा उहाँका सल्लाहकार रहिसक्नुभएका भट्टराईले बताउनुभयो ।
भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दाहरु समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचार विमर्श भएको थियो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृङ्गला दुई दिवसीय भ्रमणका लािग आजै काठमाडौँ आउनुभएको हो ।
सभापति देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्