विश्व समाचार

स्वास्थ्य सुरक्षा नियम पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने चेतावनी

बेलायका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गर्दै नियमहरुको पालना नगरे नयाँ वर्षमा लकडाउन गर्ने चेतावनी दिनुभएको छ ।

उहाँले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराउँदै ती नियमहरुलाई हामीले राम्रोसँग पालना गरौँ र यदि सरकारले बनाएका ती नियम र विधिहरुलाई नमान्ने अवस्था आयो भने त्यसबाट हामी आगामी नयाँ वर्षको समयमा पुनः अर्को लकडाउन गर्न बाध्य हुने छौँ भन्नुभएको छ ।

नयाँ वर्षको अवसरमा बेलायतका नागरिकले हाल सरकारले बनाएका नियमहरुको उल्लंघन गर्ने काम भयो भने सरकारले फेरि अर्को प्रकारको लकडाउन पनि गर्नसक्ने उहाँले बताउनुभएको हो ।

पत्रकार सम्मेलनका क्रममा उहाँले बिहीबार सो कुरा बताउनुभयो । उहाँले महामारी बढिरहेका बेला हाल नयाँ हिसाबले बेलायतको सरकारले नियमहरु बनाएकोले त्यसलाई पालना हुन नसकेको पनि सो अवसरमा बताउनुभयो ।

उहाँका अनुसार अहिलेको अवस्थामा नागरिकले नियमको पालना गरेनन् भने त्यसले आगामी दिनमा थप समस्या ल्याउने र यदि त्यस्तो अवस्था आउने देखियो भने नयाँ वर्षको अवसरमा देशव्यापी रुपमा लकडाउन गर्नुपर्ने पनि हुन सक्ने उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.