जन सरोकार

लेखक, पत्रकार तथा मार्क्सवादी चिन्तक अर्यालको निधन

लेखक, पत्रकार तथा मार्क्सवादी चिन्तक मुरारी अर्यालको कोरोना संक्रमणबाट निधन भएको छ । कार्तिक २४ गतेदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत अर्यालको आज (मंसिर १२ गते) उपचारकै क्रममा निधन भएको हो ।

कोरोना संक्रमणका कारण अर्यालको फोक्सोमा गम्भीर क्षति पुगेको चिकित्सकहरुले जानकारी दिएका थिए । ६४ वर्षीय अर्यालको आइसीयूमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

अर्यालसंगै उहाँका दाई भौतिकशास्त्री प्रा डा मुकुन्दमणि अर्याललाई पनि कोरोना संक्रमण भएको थिया । उहाँ भने संक्रमणमुक्त भएर घर फर्किसक्नुभएको छ ।

अर्यालकी श्रीमती बिमला अर्यालले कोभिड १९ परीक्षणको रिपोर्ट आएपछि मात्र दाहसंस्कारको टुंगो लाग्ने जानकारी दिनुभएको छ । हाल मृतकको स्वाब संकलन गरिसकिएको र भोलि रिपोर्ट आउने उहाँले बताउनुभयो ।

लामो समय महिमा साप्ताहिकमा स्तम्भ लेखनमा सक्रिय रहनुभएका अर्याल हाल गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारी दाई र आफ्नो परिवारका साथ बस्दै आउनुभएको थियो । अर्यालकी श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.