नयाँ कोभिड-१९ स्ट्रेन ‘ओमिक्रोन’ खतराको घण्टी
विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ कोभिड-१९ संस्करणB.1.1.529 लाई ओमिक्रोन’ Omicron’ नाम दिएको छ। “कोरोनाभाइरस B.1.1.529 को भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो ।
यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन् । विश्व स्वास्थ्य संगठनले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको छ।
“हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड-१९ संस्करण विरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । नयाँ भेरियन्ट “डेल्टा” स्ट्रेन भन्दा पनि बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ ।
यो भेरियन्टलाई वैज्ञानिकहरूले B.1.1.529 को रूपमा चित्रण गरेका छन् । डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएका छन् जसबारे थप अध्ययन गरिनेछ।
प्रतिक्रिया राख्नुहोस्