राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलगी

चितवनको भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति पार्टीको जिल्ला कार्यालयमा सामान्य आगो लाग्दा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेको प्रहरीले जनाएको छ ।

कार्यालयको ढोका चाबी यथावत रहेको कार्यालयभित्र भएको आलगागीका कारण प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ ।

चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले घटना शुक्रबार रातिको भए पनि ढिला गरेर मात्रै खबर आएको बताउँदै घटनाको अनुसन्धान भैरहेको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.