जन सरोकार

मृत अवस्थामा छ जना फेला

मृत अवस्थामा विभिन्न स्थानबाट छ जना फेला परेका छन् । मोरङ, बेलवारी नगरपालिका-५ केलहरी बस्ने ८० वर्षीय खुशिलाल चौधरी सोही नगरपालिका-५ र ६ को सिमानामा पर्ने केशल्या खोलाको पानीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

शुक्रबार घरबाट हिंडी हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै रूपेन्देही, बुटवल उपमहानगरपालिका-३ ज्योतीनगर डेरा गरी बस्ने पाल्पा तानसेन नगरपालिका-१२ नुङ घर भएका ३८ वर्षीय शंकर सुनार आफ्नै डेरामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै दाङ, राप्ती गाउँपालिका-७ अर्नहनपुरस्थित जोकही कुलोमा सोही गाउँपालिका छोडकी सिसहनिया बस्ने ४१ वर्षीय पृथ्वी चौधरी सोमबार मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देही, बुटवल उपमहानगरपालिका-१४ शान्तिनगर टोल बस्ने ४१ वर्षीया सुकसरी टमाटा आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी रूकुम पश्चिम, सानीभेरी गाउँपालिका-३ मुलपानीस्थित सानीभेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । उता दैलेख, नौमुले गाउँपालिका-४ कालिका बस्ने ३८ वर्षीय भिम बहादुर योगी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । मृतकको टाउँकोमा चोट देखिएकोले आवश्यक अनुसन्धान र सोधपुछको लागि उनकी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.