जन सरोकार

सुकुम्बासी बस्ती हटाउन खोज्दा थापाथलीमा तनाव

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा तनाव भएको छ । सार्वजनिक सूचना जारी गरेर बस्ती हटाउने समयसीमा दिए पनि बस्ती खाली नगरेपछि महानगर डोजर लिएर पुगेको थियो ।

काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो । अनाधिकुत रुपले नदी किनारमा बनाइएका छाप्रो हटाइ छाड्ने महानगरपालिकाले जनाएको छ ।

अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत काठमाडौं महानगरपालिकाले सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेपछि अबरोध गरिएको हो ।

घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका सुकुम्बासी बस्तीका स्थानीयले काठमाडौं महानगरपालिका विरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरुले विकल्प नदिई आफूहरु सो बस्तीबाट नहटने अडान गरेका छन् । डोजर चलाउने डरले सुकुम्बासीले घरको सामान पनि बाहिर निकालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.