जापान

विवाह र सन्तान जन्माउन प्रेत्साहित गर्न जापान सरकारले विविध उपाय अपनाउने

संसारमै सबैभन्दा बढी वृद्धवृद्धा भएको देश जापानमा नयाँ पिंढीको संख्या बढाउन विवाह, सन्तान उत्पादन र उनीहरुको पालनपोषणका लागि परिवारलाई प्रोत्साहित गर्ने नीति अघि सार्ने भएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार यो वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म विदेशी नागरिकका समेत गरेर ५ लाख ९९ हजार बच्चाको जन्म भएको छ ।

यो संख्या अघिल्लो वर्षको लक्ष्यको तुलनामा ३० हजार कम हो । यो वर्षको अन्त्यसम्म जापानमा जन्मलिने बालबालिकाको संख्या ८ लाखभन्दा कम हुने बताइएको छ ।

जन्मदरको नाजुक अवस्थालाई हटाउन सरकारले विवाह गर्न र सन्तान जन्माउन प्रेत्साहित गर्न विविध उपाय अपनाउने घोषणा गरिएको हो ।

सोमबार जापानको मन्त्रिपरिषद्का मुख्यसचिव तथा प्रवक्ता मात्सुनो हिरोकाज़ुले पत्रकार सम्मलने सम्मेलनमा देशको जन्मदरको स्थिति अत्यन्तै नाजुक रहेको बताउँदै जन्मदर बढाउन प्रोत्साहित गर्न विविध उपाय अपनाउने बताउनुभएको छ ।

उहाँले जापानी समाजमा कायम रहेको अनेक झन्झटका कारण युवायुवतीमा विवाह गर्ने र सन्तान जन्माउने र उनीहरुको पालनपोषण गर्ने कार्यलाई रोकिरहेको बताउँदै सो जानकारी दिनुभएको हो ।

मात्सुनोले विवाह गर्ने र सन्तान जन्माउने कार्यलाई सरकारले विविध प्रकारले मद्दत गर्ने संकल्प सरकारले गरेको बताउँदै यसमा साना बालबालिका भएका परिवारलाई आर्थिक सहायता समेत दिने रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.